Logo

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग



काठमाडौं । सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् । कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे ।

यसैगरी कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूले सूर्य नेपालले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।

सूर्य नेपाल गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईँमा सहयोग प¥;याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL