Logo

नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता, कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर

नेपाल लाइफ र ग्लोबल कलेजबीच सम्झौता, कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच सम्झौता भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।

ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौता भएको छ ।

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका प्रिन्सिपल डा। देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL