Logo

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला, ओआइएस प्रविधिमैत्री स्मार्टफोन

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला, ओआइएस प्रविधिमैत्री स्मार्टफोन



काठमाडौं ।  विश्वको अग्रणी स्मार्टफोन भिभो खरिद गर्न चाहनेहरुका लागि जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला गरिएको छ । नयाँ पुस्ताको स्मार्टफोनको दुनियाँमा हालै मात्र बजारमा ल्याइएको यस फोनको अग्रिम बुकिङ अफलाइन स्टोर र खुद्रा विक्रेताहरुमार्फत गर्न सकिने कम्पनीले जनाएको छ ।

बजारले निकै मन पराइएको भिभो भी २१ स्मार्ट फोन सेल्फी खिच्ने फ्रन्ट क्यामेरा उच्च क्षमतायुक्त मानिएको छ । अझ खासगरी यस फोनले कम प्रकाश भएको ठाउँमा समेत फोटो क्वालिटीमा उत्कृष्टता दिने कम्पनीले बताएको छ । अग्रिम बुकिङ्ग गर्न चाहने ग्राहकले २ हजार रुपैयाँसहित आफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ । उक्त विवरण सम्बन्धित विक्रेताकहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र बिक्रेताले आधा राख्नेछन् । भिबिए र बिक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने छन् । बुकिङ्गपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ ख्रिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ ।

प्रविधिमा नयाँ मापदण्ड सहितको भिभो भी २१ नयाँ आएका स्मार्टफोन मध्येमा बढी क्षेत्रमा प्रभाव पनि सफल भएको छ किनभने यसको फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओ.आइ.एस (अप्टिकल इमेज स्टेबिलाइजेशन) प्रविधिमैत्री रहेको कम्पनीले जनाएको छ ।

कम प्रकाशमा पनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनका पारखीहरुले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्दछन् । भिभोको परम्परालाई अगाडि बढाउने गति समातेको भिभो भी २१ मा स्लिक डिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधि समेटिएको छ । यसको बनौट ७ दशमलव २९ मिलि मिटरमा छ, जसले ग्राहकको चाहना पूरा गर्न सक्छ जुन स्टाइलिस्ट र सोफिस्टिकेटेड समेत रहेको कम्पनीको भनाई छ ।

हाल विश्वभर भिभोका ५ वटा उत्पादन केन्द्रले काम गरिरहेका छन् । ती चिनका साथै दक्षिण एसियामा पनि छन् । भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन् । अहिले विश्वभर ४ सय मिलियन ग्राहकहरुले भिभोको उत्पादन प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL