Logo

माई सेकेण्ड टिचरले शैक्षिक अभिनय गराउने, प्रतिस्पर्धाका लागि दरखास्त आह्वान

माई सेकेण्ड टिचरले शैक्षिक अभिनय गराउने, प्रतिस्पर्धाका लागि दरखास्त आह्वान



काठमाडौं । नेपालमै बनेर विश्वका विकसित २० मुलुकहरुका २०० भन्दा बढी विद्यालयहरु माझ प्रयोग हुँदै आएको प्रख्यात ई–लर्निङ्प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरुमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ । छोटो समयमै विश्वस्तरका कैयौं अवार्डहरुद्वारा सम्मानित यस प्लेटफर्म हालसालै नेपालमा पनि सार्वजनिक गरिएको थियो ।

यस प्लेटफर्म हाल २५ हजार भन्दा बढी विद्यार्थीहरुले प्रयोग गर्दै आएका छन् । यिनै विश्वभरका विद्यार्थी अनिशिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ् भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिका निभाउन माई सेकेण्ड टिचरले यस अडिसनको अवसर कलाकारहरु माझ सार्वजनिक गरेको छ ।

अडिसन मार्फत् शिक्षक र विद्यार्थीको भूमिका निर्वाह गर्न कूल २० कलाकारहरु छनोट हुनेछन् । त्यसमध्ये १० जनाले नेपाली पाठ्यक्रम अनुरुप ई–लर्निङ् भिडियोहरुमा अभिनय गर्नेछन् भने बाँकी १० जनाले क्याम्ब्रिज पाठ्यक्रम अनुरुप इन्टरनेशनल ई–लर्निङ्ग भिडियोहरुमा अभिनय गर्नेछन् । जुन ५० भन्दा बढी देशहरुमा प्रयोग हुनेछ ।

हाल माई सेकेन्ड टिचरमा क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत आईजीसीएसई तहका फिजिक्स,केमिस्ट्री,बायोलोजी र म्याथ विषयका भिडियो रहेका छन् । भने,नेपाली पाठ्यक्रम अन्तर्गत कक्षा १० को अंग्रेजी,विज्ञान,अनिवार्य गणित र अर्थशास्त्रका ई–लर्निङ् भिडियोहरू रहेका छन् ।

नेशनल तथा इन्टरनेशनल ई–लर्निङ् भिडियोहरुमा शिक्षकको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको उमेर अनिवार्य रुपमा २५–४५ वर्षको बीच हुनुका साथसाथै विद्यार्थीको भूमिकामा देखिने पुरुष र महिला कलाकारहरुको पनि उमेर अनिवार्य रुपमा १८–२५ वर्षको बीचमा हुनुपर्ने माई टिचरले जनाएको छ ।

नेपाली पाठ्यक्रममा अभिनय गर्ने कलाकारको नेपाली र अंग्रेजी भाषाको उच्चारणमा निपुणता हुनुपर्नेछ भने क्याम्ब्रिज विश्वविद्यालयको पाठ्यक्रममा अभिनय गर्ने कलाकारको हकमा,अंग्रेजी भाषाको उच्चारण न्युट्रल या ब्रिटिश हुनुपर्नेछ । इच्छुक कलाकारहरुले श्रावण १ गते (१६ जुलाई) सम्म आवेदन दिन सक्ने माई सेकेन्ड टिचरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL