Logo

एनआईबीएल सहभागिता फन्ड, लगानी गर्नेको लगानीमा दुई गुणासम्म वृद्धि

एनआईबीएल सहभागिता फन्ड, लगानी गर्नेको लगानीमा दुई गुणासम्म वृद्धि



काठमाडौं । एनआईबीएल म्युचुअल फन्डअन्तर्गतको एनआईबीएल सहभागिता फन्ड (खुलामुखी योजना)मा लगानीकर्ताले आफ्नो लगानीलाई दुई गुणासम्म वृद्धि गराउन सक्ने भएका छन् । फन्डले दोस्रो वर्ष पूरा गरेको अवसरमा एनआईबीएल एस क्यापिटलले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने अवसर प्रदान गरेको हो ।

यो योजना व्यक्तिगत ग्राहकहरूका लागि मात्र हुने र यसमा सहभागी हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्ने जनाइएको छ । योजना २०७८ साल असार २० गतेदेखि २४ गतेसम्म लागू हुनेछ ।

योजनाको नतिजा २०७८ साल साउन १५ गते गोलाप्रथा द्वारा फेसबुक लाइभमार्फत् सार्वजनिक गरिने र योग्य सहभागीहरूबाट २० जना विजेता घोषणा गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL