Logo

अब सेलपे अव वालेटमार्फत पनि चलाउन सकिने, वालेट लोड गर्दा १०% क्यास ब्याक

अब सेलपे अव वालेटमार्फत पनि चलाउन सकिने, वालेट लोड गर्दा १०% क्यास ब्याक



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने भएको छ । सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरूका लागि दोश्रो चरणको योजना पनि शुरु गरेको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १०% क्यास ब्याक (५० रुपैयाँ)सम्म र मोवाइल टप अपमा ४% क्यास ब्याक तुरुन्तै पाउन सक्नेछन् । यो योजना यही असार १७ गते देखि लागु हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सुरक्षित सेवा हो ।

प्रतिक्रिया दिनुहोस्
MBL