Logo

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल बीच ‘कर्पोरेट पेरोल सिप’ योजनाका लागि सम्झौता

एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल बीच ‘कर्पोरेट पेरोल सिप’ योजनाका लागि सम्झौता



काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र देवयानी इन्टरनेशनल नेपाल बीच एनआईबीएल सहभागीता फन्डको ‘कर्पोरेट पेरोल सिप’अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा प्रवर्धित एनआईबीएल म्युचुअल फन्ड अन्तर्गतका योजनाहरुको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल र नेपालमा के.फ.सी., पिजा हट तथा क्रिम बेल आइसक्रिम जस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्रान्डहरु सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल बीच लगानी योजना बारे सम्झौता भएको हो ।

एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डको ‘कर्पोरेट पेरोल सिप’अन्तर्गत व्यवस्थित लगानी योजना गर्ने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस योजना अन्तर्गत, देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फन्डमा व्यवस्थित लगानी योजना (SIP)​ अन्तर्गत लगानी गर्ने छन् ।

उक्त सम्झौतामा देवयनी इन्टरनेशनलका नायव महाप्रबन्धक रितुराज शाह र एनआईबीएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL