Logo

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाइ विक्री आजबाट, यसरी गर्न सकिन्छ आवेदन

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाइ विक्री आजबाट, यसरी गर्न सकिन्छ आवेदन



काठमाडौं । सिद्धार्थ क्यापिटलको पहिलो खुलामुखी म्युचुल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई आजबाट बिक्रीमा आएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो ।

योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रर्वद्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ ।

फण्डको इकाईमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार ३० गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।

उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने यो योजना खुलामुखी प्रकृतिको भएकोले यसको इकाई नेप्से सूचीकृत भएर खरिदबिक्री हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL