Logo

हुलाक सेवा विभाग र नेपाल एयरलाइन्सबीच सम्झौता, चिठ्ठीपत्र ओसारपसार अब नेपाल एयरलाइन्सले गर्ने

हुलाक सेवा विभाग र नेपाल एयरलाइन्सबीच सम्झौता, चिठ्ठीपत्र ओसारपसार अब नेपाल एयरलाइन्सले गर्ने



काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारपसार गर्ने सम्वन्धी सम्झौता भएको छ ।

laxmi

सन् २०२१ जुलाई १ देखी लागु हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् ।

यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराइरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्पmबाट महाप्रबन्धक डिम प्रसाद पौडेल र हुलाक सेवा विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL