Logo

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आउँदैं, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आउँदैं, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरको ८ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्थाले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

सोसम्बन्धी सम्झौतामा राष्ट्र उत्थान लघुवित्तको तर्फबाट नायब कार्यकारी निर्देशक जया ल।ेहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL