Logo

कोकाकोलाले पुनःव्यापार सुचारु गर्न लागेका रिटेलरलाई सहयोग गर्ने

कोकाकोलाले पुनःव्यापार सुचारु गर्न लागेका रिटेलरलाई सहयोग गर्ने



काठमाडौं । लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि पुनः व्यापार सुचारु गर्न थालेका किराना र पसल संचालकहरुलाई कोका–कोलाले सहयोग गर्ने योजना बनाएको छ ।

laxmi

यसमा पसल संचालकहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएको कोका–कोलाले जनाएको छ । किराना पसलहरुको व्यवसायलाई पुनर्जिवित गर्ने प्रयासमा कोका–कोलाले व्हाट्स एपमार्फत द्रुत र सुविधा जनक अडरिङ सेवा सुरु गरेको छ । जसले स्वचालित विक्रेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।

यसको साथै खुद्रा विक्रेताहरुले व्हाट्स एपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउँछ । यो प्ल्याटफर्म अरु कम्यूनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइने कम्पनीले जनाएको छ । कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले गत वर्ष साना व्यवसायीका लागि खराव समय भएको बताए । यो पहलले रिटेलरहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकभर गर्न सहयोग पुर्याउने उनले बताए ।

यो पहलले काठमाडौंको रिटेल र किराना स्टोरहरुलाई समेट्ने कोका–कोलाले जनाएको छ । कोका–कोलाले हाइजिन र पीपीई किट वितरण गर्ने र १ हजार भन्दा बढी स्टोरहरूमा काउन्टर सिल्डको स्थापना गर्ने पनि जनाएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कोका–कोलाले इकोनोमिक पुनः व्यापार सुचारु गर्न सहयोग गर्दै आएको र खुद्रा विक्रेताहरुलाई सामान्य नेभिगेसन गर्न मद्दत गर्ने बताए । साना व्यवसाय र पसल संचालकहरुका लागि कम्पनी सँधै साथ रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL