Logo

ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान

ग्लोबल आइएमई लघुवित्तद्धारा ग्राहक सदस्यहरुलाई करिब ३२ लाख नगद सहयोग प्रदान



काठमाडौं । ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लिले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तीमा परेका आफ्ना सदस्यहरुलाई ३२ लाख सहयोग गरेको छ । लघुवित्तले कुल रकम रु. ३१,६३,४५० सहयोग वितरण गरेको हो ।

जसमध्ये मनाङ र मेलम्चीको बाढी पहिरो बाट प्रभावित सदस्यहरुलाई ५,१९,००० तथा कोरोना भाईरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार खर्च बापत रकम रु. २६,४४,४५० सहयोग वितरण भएको प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए ।

संस्थाले विगतमा पनि यस किसिमका सामाजिक कामहरुमा निरन्तर सहयोग गर्दै आइरहेको थियो भने आगामि दिनमा समेत निरन्तरता दिइने बताएको छ । संस्थाले १०२ वटा शाखा कार्यालयहरु मार्फत १,२५,३८४ सदस्यहरुलाई सेवा दिदै आईरहेको छ । यसै गरी ६५,४३९ जना ऋणी सदस्यहरुलाई करिब ६ अर्ब १५ कर्जा लगानि गरेको छ भने २ अर्ब ६ करोड बचत सकंलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL