Logo

स्वचालित मूल्य प्रणाली अनुसार बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगमको पाक्षिक घाटा अझै ६४ करोड

स्वचालित मूल्य प्रणाली अनुसार बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगमको पाक्षिक घाटा अझै ६४ करोड



काठमाडौं । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै निगमले स्वचालित मूल्य प्रणाली अनुसार अन्तरराष्ट्रिय मूल्य बढेर आएकाले नेपालमा मूल्य बढेको जानकारी दिएको हो ।

अब स्वचालित मूल्य प्रणाली अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ, डिजेल १ सय १० रुपैयाँ, मट्टितेल १ सय १० रुपैयाँ र हवाई ईन्धनको मूल्य प्रतिलिटर ८२ रुपैयाँ पुगेको हो । अयसअघि यी पदार्थको मूल्य प्रतिलिटर क्रमशः १२५, १०८ र ८० रुपैयाँ कायम थियो ।

निगमले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ भएअनुसार निगको स्वचालित प्रणाली अनुसार प्रत्येक १५ दिनमा मूल्य परिवर्तन गर्ने गरेको छ । पछिल्लो समय यसरी मूल्य समायोजन गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ५ दशमलव ७५ रुपैयाँ, डिजेलमा ३ दशमलव ५३, एलपी ग्याँस प्रतिसिलिण्डर २५८ दशमलव ७१ रुपैयाँ घाटा व्यहोरीरहेको बताएको छ ।

यसरी मूल्य समायोजन गर्दा निषेधाज्ञाको समयको विक्री परिमाणअनुसार निगमले १५ दिनमा ६४ करोड ९७ लाख रुपैयाँ घाटा हुने अवस्था छ । जसमध्ये एलपी ग्याँस र डिजेको कारोबारबाट मात्रै ३८ करोड र २२ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL