Logo

दराज बैंक डेज अफर पुनः सुरु, यी बैंकका ग्राहकले पाउनेछन छुट

दराज बैंक डेज अफर पुनः सुरु, यी बैंकका ग्राहकले पाउनेछन छुट



काठमाडौं । दराजले माछापुच्छ«े बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी यही असार ३ गते देखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । यस अफर मार्फत यि तीन बैकका ग्राहकहरुले कार्ड प्रिपेमेन्ट गरेमा ५०० रुपैयाँ सम्मको छुट पाउन सक्नेछन् ।

laxmi

माछापुच्छ«े बैंक र हिमालयन बैंक बैंकको हकमा भने यो अफर पुरै हप्ता लागु हुनेछ भने मेगा बैंकको ग्राहकको हकमा भने बिहिबार मात्र लागु हुनेछ ।

यसका साथै कम्पनीले चार अन्य साझेदार बैंक सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसँग पनि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । यि बैंकहरुका ग्राहकले भने हप्तामा एकदिन छुट पाउनेछन् ।

यसअनुसार सोमबार सानिमा बैंक, बुधबार एनआईसी एशिया बैंक, शुक्रबार नबिल र शनिबार स्टयान्डर्ड चार्टड बैंकका ग्राहकले छुट पाउनेछन् ।

दराज बैंक डेज मार्फत ग्राहकहरु हप्ताभरि दराजका साझेदार बैंकहरुबाट छुटको मजा लिन सक्नेछन् । दराजले डेबिट कार्डको हकमा १० प्रतिशत र क्रेडिट कार्डको हकमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । अनलाइन भुक्तानीको लागि सक्रिय क्रेडिट र डेबिट कार्ड मात्र यस प्रस्तावको लागि योग्य हुने दराजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL