Logo

नेपालमा नोकियाका जी२० र जी १० मोबाइल सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

नेपालमा नोकियाका जी२० र जी १० मोबाइल सार्वजनिक, यस्तो छ मूल्य र विशेषता



काठमाडौं । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिंगको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० को लन्च गरेको छ ।

laxmi

तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसहरुलाई धेरै सहज बनाएको छ । नयाँ जी–सिरिजले नोकिया स्मार्टफानेको लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ । जी–सिरिज हाम्रो स्मार्टफोनको हर्टल्याण्ड हो ।

नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्क्रिनमा वा म्याक्रो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २० ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ । आफ्नो हातको हत्केलामा फिट हुने एक अन द गो क्रिएटिभ स्टुडियो नोकिया जी २० ले तपाईँको दूरदर्शी विचारहरुलाई यसको स्टनिंग ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ अमर बनाउन सहयोग गर्दछ ।

सुन्दर वाइडस्क्रिन र विस्तृत माइक्रोलेन्सले ठूलो पर्दामा इमेज कैद गर्दछ र तपाईँको फिंगरटिपमा नाइट मोड र पोर्टरेट मोड रहेको छ । नोकिया जी २० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ । जुन नाइट र ग्लेसियर ४÷६४ जीबीको भेरियन्ट नेपाली १९ हजार ९९९ मा उपलब्ध हुनेछ । त्यस्तै, नोकिया जी १० दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ । जुन नाइट र डस्क ४÷६४ जीबीको भेरियन्ट नेपाली १६ हजार ९९९ मा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL