Logo

सूर्या लाइफ इन्स्योरेन्सको बीमालेखमा व्याज छुट, यस्तो छ सुविधा

सूर्या लाइफ इन्स्योरेन्सको बीमालेखमा व्याज छुट, यस्तो छ सुविधा



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यतित बीमालेखमा व्याज छुट दिने भएको छ ।कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी आफ्ना बीमितहरूका लागि असार ३ गतेदेखि असार १५ गतेसम्म व्याज छुट दिन लागेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै तिर्नुपर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, तिर्नुपर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत र तिर्नुपर्ने मितिले ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत व्याज छुट दिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL