Logo

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १०० बोनस पनि, यसरी गर्नुस खाता लिंक

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १०० बोनस पनि, यसरी गर्नुस खाता लिंक



काठमाडौँ । खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा १०० बोनस रकम पाउने अफर ल्याएको छ । जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको हो । खल्ती बैंक डाइरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक एकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो खातामा १०० प्राप्त सक्नेछन् । बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैले गर्न सकिन्छ ।

यसका साथै उक्त लिंक गरिएको बैंक एकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केहि सेकेन्ड भित्रै गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झट रहित तरिकाले गर्न यो सेवाको लाभान्वित सकिन्छ ।

उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्रान्ड तथा मार्केटिङ प्रबन्धक शिरीष श्रेष्ठले भने, ‘हामीले महामारीलाई मध्यनजर गरी यो सहज सेवाको प्रयोगको लागि प्रोत्साहित गर्न बोनस अफर ल्याएका हौं । खल्तीसँग बैंक लिंक गरे पश्चात ग्राहकहरुले घरिघरि लोड गर्न पर्ने झन्झटबाट मुक्त हुनेछन् र भुक्तानीको साथै आफ्नो बैंकबाट तुरुन्तै अर्को बैंकमा केहि सेकेन्ड मै रकम ट्रान्सफर गर्न सक्नेछन् । यो हाम्रा प्रयोग गर्दै आएका ग्राहकहरुको सबै भन्दा मन परेको भुक्तानी सहर्ज गर्ने सेवा हो ।’

आफ्नो बैंक एकाउन्ट खल्तीसँग लिंक ३ सरल स्टेप्समा गर्न सकिन्छ । यसका लागि खल्तीको होम स्क्रिनमा देखाइएको ‘लिंक बैंक नाउ’ मा गएर आफ्नो बैंक सेलेक्ट गर्नुपर्ने हुन्छ । त्यसपश्चात आवश्यक सबै विवरणहरू भरि ‘सब्मिट’ बटनमा थिचेपछि रजिस्टर्ड गरिएको मोबाइलमा ओटीपी पासवर्ड पाइन्छ । उक्त पासवर्ड राखिसकेपछि आफ्नो खल्ती खातासँग बैंक लिंक सफलता पूर्वक गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL