Logo

केएल दुगड समुहको सामाजिक उत्तरदायित्व, बिराटनगर बसपार्कका मजदुरलाई राहत सामाग्री बितरण

केएल दुगड समुहको सामाजिक उत्तरदायित्व, बिराटनगर बसपार्कका मजदुरलाई राहत सामाग्री बितरण



काठमाडौं । के एल दुगड समुहले बिराटनगर स्थित बिराटनगर बसपार्कमा कार्यरत दैनिक मजदुरहरुलाई दाल, चामल, तेल, नुन लगायत खाद्य सामाग्रीहरु बितरण गरेको छ । कोरोना महामारीले गर्दा बसपार्क स्थित दैनिक ज्यालादारी मजदुर हरुलाई राहत स्वरुप खाद्य सामाग्री बितरण मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितीमा बितरण गरिएको हो । समुहले सोमबारमात्रै १ सय जना मजदुरहरुलाई खाद्य सामाग्री बितरण गरेको थियो ।

के एल दुगड समुहले कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४ सय जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ र उक्त कार्यक्रम २०७८ असार मसान्त सम्म रहनेछ भने नेपालगन्ज स्थित भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरीरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ ।

यस्तो कोरोना महामारीले गर्दा दैनिक ज्यालादारी गरी जीवन गुजार्ने व्यक्तिहरुलाई राहत पुगोस भन्ने हिसाबमा सहयोग गरिएको कम्पनीले जनाएको छ र अन्य स्थानमा पनि सहयोग गर्दै जाने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL