Logo

सिप्रदीद्धारा अत्यावश्यक सेवामा खटिएका सवारीलाई सेवा, २४ सय बढी सवारीसाधनले प्राप्त गरे सुविधा

सिप्रदीद्धारा अत्यावश्यक सेवामा खटिएका सवारीलाई सेवा, २४ सय बढी सवारीसाधनले प्राप्त गरे सुविधा



काठमाडौं । सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित, तथा फोहोर व्यवस्थापनमा खटिएका २ हजार ४ सय बढी सवारीसाधनहरूलाई सिप्रदीले मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आइरहेको छ ।

laxmi

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउँदै आइरहेको जनाएको छ । हालसम्म खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्न, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २ हजार ४ सय बढी सवारीसाधनहरूलाई पूर्ण सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले यस विषम परिस्थितिमा सिप्रदीले २४ विभिन्न स्थानबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा सिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL