Logo

विश्व बैंकले ‘कावेली ए’लाई साढे चार अर्ब दिने, वायोग्यास प्रोजेक्टलाई पनि ७८ करोड अनुदान

विश्व बैंकले ‘कावेली ए’लाई साढे चार अर्ब दिने, वायोग्यास प्रोजेक्टलाई पनि ७८ करोड अनुदान


रामराजा श्रेष्ठ
0
Shares

Kabeli_A_Project_

बिजखबर संवाददाता

८ मंसिर, काठमाडौं । विश्व बैंकले काबेली जलविद्युत् आयोजनाका लागि थप रकम सहयोग गर्ने भएको छ । उसले आयोजनाका लागि ऋण र अनुदान सहयोग गर्न लागेको अर्थ मन्त्रालयले बताएको छ । ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजना ताप्लेजुङ र पाँचथर जिल्लामा निमाण भइरहेको छ ।
उक्त आयोजना निर्माणका लागि विश्व बैंक अन्तरगतको इन्टरनेशनल डेभलपमेन्ट एसोसियसनले थप ४६ मिलियन डलर (नेरु ४ अर्व ५३ करोड) सहयोग गर्ने भएको छ । जसमध्ये ४० मिलियन ऋण बापत उपलब्ध गराउने बापत र ६ मिलियन अनुदानबापत प्राप्त हुने अर्थ सचिव सुमनप्रसाद शर्माले बताए । ‘हामीले उक्त आयोजनाका सम्पन्न गर्नका लागि विश्व बैंकसँग थप ऋण तथा अनुदान लिने समहति गरेका छौं,’ उनले भने । आयोजना निर्माणसँगै विश्व बैंकले क्रमश पैसा उपलब्ध गराउने समेत उनले जानकारी दिए ।

bizkhabar_biogas

यस्तै विश्व बैंक अन्तर्गतकै इन्टरनेशनल बैंक अफ रिकन्सट्रक्सन एन्ड डेभलपमेन्टले पनि वायोग्यास प्रोजेक्ट विस्तारका लागि ७८ करोड रुपैयाँ अनुदान दिने भएको छ । यी दुवै सम्झौतामा सोमबार अर्थ सचिव सुमनप्रसाद शर्मा र विश्व बैंक नेपालका कन्ट्री म्यानेजर टकुया कमाटाले हस्ताक्षर गरेका छन् । बैंकले बायोग्यास प्रोजेक्ट विस्तार गर्नका लागि दिएको अनुदान रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत परिचालन गरिने छ ।
सन् २०१९ मा सम्पन्न हुने अनुमान गरिएको यो आयोजनाको कूल लागत १०२ दशमलव ०८ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । सुरुमा ३० मेगावाट मात्रै भनिएपनि पछि विस्तार गरी आयोजनाको क्षमता ३७ मेवागाट पु¥याइएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL