Logo

मोबाईल किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुहोस्।

मोबाईल किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुहोस्।


बिजखबर संवाददाता
27
Shares

बजारमा विभिन्न ब्राण्डमा विभिन्न मोडलका मोबाइल सेट उपलब्ध हुन थालेपछि मोबाइल किन्ने योजनामा रहेकाहरू पहिलोपटक अलमलमा परेका जस्तै हुन्छन् । कुन मोबाइल किन्ने, कस्तो मोबाइल किन्ने, कुन मोबाइलमा के हुन्छ, यस्ता प्रश्नहरूले झन् दोधारमा पार्न सक्छन् । त्यसैले मोबाइल खरिद गर्नुभन्दा अघि केहि आधारभुत विषयहरूमा ध्यान पुर्याउन सकेमा तपाईले खरिद गर्नुभएको मोबाइलले आवश्यकता पुरा गर्न सक्नेछ । ग्राहकहरू प्रायः अलमलमा पर्ने विषयलाई यहाँ समाधान गर्ने प्रयास गरिएको छ ।

कस्तो मोबाइल किन्ने ?
मोबाइल कस्तो किन्ने भन्ने विषय ग्राहकको आवश्यकतामा बढी निर्भर गर्छ । सामान्य कुराकानीका लागि मात्र मोबाइल चाहिएको हो भने बार फोन खरिद गर्नुहोस् । अत्यन्त सस्तो मुल्यमा प्राप्त हुने भएपनि तपाईले मज्जाले यस्तो मोबाइलबाट कुराकानी गर्न सक्नुहुनेछ । सस्तो मुल्यमै गेम खेल्न मिल्ने, क्यामेरा, ब्लुटुथ, एफएम सुविधा भएको मोबाइल खोज्दै हुनुहुन्छ भने फिचर फोन प्रयोग गर्नुहोस् । अहिले पनि बजारमा विभिन्न ब्राण्डका फिचर फोनहरू उपलब्ध छन् । स्मार्टफोन यसकै परिष्कृत रूप हो । मोबाइल एप्लिकेसन लगायत अधिकांश फिचर सहितको मोबाइलको आवश्कयता हो भने स्मार्टफोन खरिद गर्नु उपयुक्त हुन्छ । स्मार्टफोन पनि स्तरअनुसार लोइण्ड देखि प्रिमियम सिरिजका सम्म उपलब्ध हुन्छन् ।

सुरक्षा
मोबाइल कुराकानी मात्र होईन व्यक्तिगत जीवनका महत्जपूर्ण सुचना तथा अन्य सामग्रि राख्न सकिने साधन पनि हो । त्यस्ता महत्वपूर्ण सामग्रि को सुरक्षाका बारेमा माबोइल प्रयोगकर्ताले ध्यान दिनै पर्छ । त्यसैले मोबाइल खरिद गर्नु अघि सुचनाको गोप्यता र त्यसलाई आफूले मात्र प्रयोग गर्न सकिने अथवा नसकिने सुविधा रहेको निश्चित गर्नुपर्छ ।

Bizkhabar - Mobile Sets

नेटवर्क कनेक्टीभिटी
नेटवर्क कनेक्टीभिटी मोबाइलको नेटवकै प्राप्त गर्ने क्षमतासँग सम्बन्धित हुन्छ । कतिपय अवस्थामा एकै स्थानमा एउटा मोबाइलमा नेटवर्क देखाउने र अर्को मोबाइलमा कमजोर नेटवर्क प्राप्त हुने उदाहरण देख्न सकिन्छ । यो मोबाइलको कमजोरी हो । त्यसैले मोबाइलको नेटवर्क कनेक्टिभिटीका बारेमा अवश्य बुझ्नुहोस ।

समयावधि
अहिले अधिकांश मोबाइल ब्राण्डले आफ्ना उत्पादनमा वारेण्टि सुविधा दिएका हुन्छन् । १ बर्षको ग्लोबल वारेण्टि सामान्य कुरा भइसकेको छ । यस्तोमा पनि कतिपय अवस्थामा मोबाइल वारेण्टि प्राप्त नहुन सक्छ । त्यसैले मोबाइल वारेण्टिका बारेमा बुझ्नुहोस ।

मुल्य
मूल्य ग्राहकले निर्धारण गर्ने हो । सबैभन्दा पहिले आफूले खरिद गर्ने मोबाइलको औषत मूल्य निर्धारण गर्नुहोस् । त्यसपश्चात् माथिका विषयलाई ध्यानमा राखेर आफ्नो आवश्यकता अनुसारको मुल्यमा मोबाइल खरिद गर्नु राम्रो हुन्छ । मोबाइल खरिद गर्दा आधिकारीक भ्याट बिल, वारेण्टि कार्ड, अन्य एसेसरिज जस्तै चार्जर, हेडफोन भए नभएको जाँच गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
MBL