Logo

एनएमबी लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी ४६.६० रुपैंया

एनएमबी लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी ४६.६० रुपैंया



काठमाडौं । एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आवको सोही अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएर ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको हो । लघुवित्तको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएको लघुवित्तले जानकारी दिएको छ । लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँ लगानी रहेको लघुवित्तले खराब कर्जा २ दशमलब ८९ प्रतिशतबाट २ दशमलब ८२ प्रतिशतमा झारेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७ दशमलब १७ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL