Logo

नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रु.१ अर्व पुग्यो, २ सय ६७ करोड प्रिमियम संकलन

नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी रु.१ अर्व पुग्यो, २ सय ६७ करोड प्रिमियम संकलन


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

१३ जेठ,काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको २७ औं साधारण सभाले आर्थिक बर्ष २०७१\७१ का ३८ प्रतिशत लाभांश पारित गरेको छ ।

कम्पनिको बुधवार सम्पन्न साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र ८ नगद लाभांश पारित गरेको हो । यससँगै कम्पनीको चुक्ता पूँजी रु. १ अर्व १ करोड ९१ लाख पुगेको छ ।

कम्पनीले आव २०७१\७१ मा २ सय ६७ करोड प्रिमियम संकलन गरेको कम्पनीका अधयक्ष प्रेमा सिंहले बताइन् ।

त्यस्तै रु. ८१ करोड खूद दावी भुक्तानी तथा रु. २५ करोड खूद मुनाफ आर्जन गरेको छ । सो अवधिमा कम्पनीको कूल लगानी रु.९ सय ७८ करोड पुगेको बताइएको छ । कम्पनीको जीवन बीमा कोषमा २०७१ असार सम्ममा रु.९ अर्व ८८ करोड पुगेको छ ।

अध्यक्ष सिंहले कम्पनीले नयाँ बीमा योजना ल्याइ बीमा बजारलाई आधुनिकतातर्फ उन्मूख गरेको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL