Logo

गरिवी निवारणमा २१ प्रतिशत योगदान लघुवित्तको, संकटको बाटोमा लघुवित्त कम्पनीहरु

गरिवी निवारणमा २१ प्रतिशत योगदान लघुवित्तको, संकटको बाटोमा लघुवित्त कम्पनीहरु



काठमाडौं । नेपालमा गरिवी निवारण गर्नमा २१ प्रतिशत योगदान लघुवित्तको रहेको पाईएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शनिबार आयोजित दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै नेपालमा हाल रहेका विभिन्न लघुवित्तको गरिवी निवारणमा २१ प्रतिशत देन रहेको बताएका हुन । उनले गरिवी निवारणमा देन भएको लघुवित्तको अवस्था भने हाल संकटमा परेको पनि जानकारी दिएका छन ।

उनले विभिन्न लघुवित्तले आवश्यकभन्दा बढी कर्जा प्रवाह गरी डुब्न लागेको अवस्थामा पुगेको जानकारी दिएका छन । यस्तै उनले लघुवित्तहरु नाफामुखी हुने होडबाजी चलेकाले पनि संकटमा परेको बताएका छन । यस्तै हाल लघुवित्तहरुलाई लाईसेन्स दिने कार्य राष्ट्र बैंकले बन्द गरेको छ ।

हाल ६८ ओटाको संख्यामा रहेका लघुवित्त अहिलेकै परिस्थितीले अबको ३ देखि ४ महिनामा १ सय २० भन्दा बढी पुग्ने भन्दै यसलाई बन्द गरिएको शिवाकोटीले बताएका हुन ।

उनले लघुवित्तले दिने बोनसमा पनि राष्ट्र बैंकले कडा निगरानी राखेको बताएका हुन । सम्मेलनमा नेपालभरका करिव ७ सय जना लघुवित्तकर्मीहरु सामेल छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL