Logo

सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त

सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त



काठमाडा। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१औं बैठकले दाहाललाई चार वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरिएको हो ।

बैंकिङ्ग क्षेत्रमा ३५ वर्ष भन्दा बढि अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । बि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घर भई हाल कामपा १४ मा बसोबास गर्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

केन्द्रीय कार्यालय काठमाडौं चावहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवा मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL