Logo

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौंको शेषमतीमा, शाखा संख्या ६४ पुग्यो

सिभिल लघुवित्तको नयाँ शाखा काठमाडौंको शेषमतीमा, शाखा संख्या ६४ पुग्यो



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकाको शेषमतिमा थप एक नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५१ हजार घर परिवारमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL