Logo

युनाईटेड फाईनान्सको २५ औं बार्षिकोत्सव सम्पन्न, सिल्भर जुविली बचत खाता संचालनमा

युनाईटेड फाईनान्सको २५ औं बार्षिकोत्सव सम्पन्न, सिल्भर जुविली बचत खाता संचालनमा



काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो २५ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले सोही अवसरमा सिल्भर जुविली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम समेत संचालनमा ल्याएको छ ।

त्यस्तै फाईनान्सले एक घर एक खाताको अभियानलाई निरन्तरता दिदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घरमा एक खाता खोल्ने अभियान समेत संचालनमा ल्याएको जानकारी दिएको छ । नेपालकै पुरानो मध्येको एक रहेको यस फाईनान्समा हालै मात्र भारतको मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रुपमा भित्रिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रम गर्नुका साथै आफ्ना सम्पूर्ण शाखाहरुबाट रक्त दान, खाध्यान्न तथा स्टेशनरी वितरण, ट्राफिक पोष्ट निमार्णलगायतका कार्यहरु समेत गरेको छ । कम्पनीले आफ्ना २३ ओटै शाखामार्फत बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL