Logo

गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा, १३ प्रतिशत लाभांश पारित

गुडविल फाइनान्सको २७ औं वार्षिक साधारणसभा, १३ प्रतिशत लाभांश पारित



काठमाडौं । गुडविल फाइनान्स लिमिटेड को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ९.१ प्रतिशत बोनस सेयर र ३.९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

laxmi

साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ सात अर्ब ९१ करोड ३३ लाख ८९ हजार ६८० रुपैयाँ पुर्याएको जानकारी दिएको छ ।

संस्स्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजी तुलाधरले गत वर्ष कोरोना महामारीका कारण नियमित व्यवसायमा समेत उत्पन्न हुँदा पनि संस्थाले अपेक्षाजनक कार्य गर्दै लगानीकर्ताहरुलाई अघिल्लो आर्थिक वर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL