Logo

मुक्तिनाथ विकास बैंकको नयाँ खाता योजना, ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा

मुक्तिनाथ विकास बैंकको नयाँ खाता योजना, ७ लाखको दुर्घटना मृत्यु बीमाको सुविधा



काठमाडौं । मुुक्तिनाथ विकास बैंकले नयाँ खाता योजना ल्याएको छ। बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौज्दात १ हजारमा कुनै पनि संस्थागत क्षेत्रमा काम गर्नेले खोल्न सक्नेछन् ।

laxmi


यस खाता खोलेका संघरसंस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ। मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात १ सयमा खोल्न सकिने छ। यसमा ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL