Logo

सांग्रिलाको नयाँ शाखा टाँडीमा, प्रिपेड मुद्दती खाता पनि सञ्चालन

सांग्रिलाको नयाँ शाखा टाँडीमा, प्रिपेड मुद्दती खाता पनि सञ्चालन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२ फागुन,काठमाडौं । संग्रिला डेभलपमेण्ट बैंकले चितवनका टाँडीमा नयाँ शाखा स्थपना गरेको छ । यससँगै बैंकको शाखा संख्या २६ पुगेको छ ।

शुक्रवार एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर भारीले सो शाखाको उद्दघाटन गरे । नयाँ शाखामा वित्तिय सेवा तथा एटीमएम लगायत सुविधा उपलब्ध हुने बताइएको छ ।

बैंकले शाखा उद्दघाटनको अवसर पारेर १ बर्षे प्रिपेड मुद्दती खाता समेत सञ्चालन गरेको छ ।

बैंकको शाखा उद्दघाटनका क्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कँडेल, चितवन जिल्ला रत्ननगर नगरपालिकाका कार्यकारी प्रमुख नारायण पाण्डे, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठलगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL