Logo

कार्यकालको २२ औं बर्षमा एभरेष्ट बैंक, ८ नयाँ शाखा र ६ ओटा एटिएम सञ्चालनको तयारी

कार्यकालको २२ औं बर्षमा एभरेष्ट बैंक, ८ नयाँ शाखा र ६ ओटा एटिएम सञ्चालनको तयारी


बिजखबर संवाददाता
27
Shares

एभरेष्ट बैंकले आइतवारदेखि आफ्नो कार्यकालको २१ औं वर्ष पूरा गरी २२ औं बर्षमा प्रवेश गरेको छ । यस समयाअवधिमा यस बैंकले आफुलाई एउटा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित गर्नुका साथै देशकै दीगो, दरिलो र विश्वासिलो आर्थिक संस्थाकोरुपमा उभ्याउन समेत सफल भएको छ ।

आर्थिक वर्ष २०७२ असारको अन्तसंगै बैंकले समग्रमा १३ हजार करोंडको भन्दा बढीको व्यवसाय गरेको  जानकारी दिएको छ । साथै बैंकले आफ्नो नेटवर्कलाई ५३ शाखाहरु, ५ विस्तारित काउन्टर, २४ आम्दानी संकलन काउन्टर र ८० एटिएमका साथ  देशभर विस्तार गरेको छ ।

बैंकले चाँडैनै शहरी, अर्ध शहरी तथा गाउँहरुमा गरि थप ८ शाखा र ६ एटिएम सेवाको शुरुवात गर्ने समेत जानकारी दिएको छ । यस बैंकले समाजलाई बैंकिङ सुविधा प्रदान गर्नुका साथै व्यवसायीक सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजका विभिन्न क्षेत्रहरुमा सहयोग समेत गर्दे आइरहेको छ ।

बैंकले हालै भूकम्प पीडितको लागि १ करोंड रकम सहयोग प्रदान गरेको छ भने स्वास्थ्य, शिक्षा तथा भौतिक पूर्वाधार जस्ता क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL