Logo

कोरोनाले कर्जाको माग घटेसँगै सबै बाणिज्य बैकले घटाए निक्षेपको ब्याज, संस्थागततर्फ ८ प्रतिशत मात्र

कोरोनाले कर्जाको माग घटेसँगै सबै बाणिज्य बैकले घटाए निक्षेपको ब्याज, संस्थागततर्फ ८ प्रतिशत मात्र



काठमाडौं । सबै वाणिज्य बैंकहरुले बुधवारबाट निक्षेपको ब्याजदर घटाएका छन्। बैंकर्स संघको पहलमा सबै वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर घटाएका हुन् । बैंकर्स संघले वाणिज्य बैंकहरुबीच यसका लागि भद्र सहमतिको निर्णय गरेको थियो ।

बैंकहरुले मुद्दती, बचत र कल डिपोजिटको ब्याजदर एकदेखि डेढ प्रतिशतसम्मले घटाएका छन्। बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दतीको व्याजदर एक प्रतिशत विन्दुले झारेर ८ दशमलव ७५ प्रतिशत कायम गरेका छन्। त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याज दर डेढ प्रतिशत विन्दुले घटाएका छन्।

अब बैंकले संस्थागतलाई ८ प्रतिशत ब्याज दिनेछन् । बैंकले साढे ६ प्रतिशतसम्म दिँदै आएको बचतको ब्याज दर ५ दशमलव ५ प्रतिशतमा झारेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण कर्जा प्रवाहमा कमी आउन थालेपछि बैंकहरुले यस्तो निर्णय गरेका हुन् । साथै, वित्तीय प्रणालीलाई संकटबाट जोगाउन पनि यसले सहयोग पुग्ने बैंकरहरुले जनाएका छन ।

संघले वैशाख १ गतेबाट आधार दर घटाउने निर्णय गरेको छ । आधार दरमा केही प्रतिशतले प्रिमियम थप गर्दै बैंकहरुले ऋण प्रवाह गर्ने छन भने आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने छ ।

बैंकहरुले आधार दर कम गराउने हुँदा ब्याजदर पनि स्वतः तल झर्ने छ । अब व्यक्तिगत मुद्दती संस्थागत मुद्दती र बचतको ब्याज दर घट्ने नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर धेरैमा ८ दशमलव ७ पाँच प्रतिशतमा झार्ने जनाइएको छ ।

त्यसैगरी, संस्थागतको ८ दशमलव ५ प्रतिशत हुने छ । त्यस्तै बचतको ब्याज ५ दशमलव ५ प्रतिशतमा झार्ने सहमति भएको संघले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण कर्जा प्रवाहमा कमी आउन थालेपछि बैंकहरुले यस्तो निर्णय गरेका हुन् । साथै, वित्तीय प्रणालीलाई संकटबाट जोगाउन पनि यसले सहयोग पुग्ने बैंकरहरुको मत छ ।

नेपाल बैंकर्स संघले वैशाख १ गतेबाट आधार दर घटाउने निर्णय गरेको छ । आधार दरमा केही प्रतिशतले प्रिमियम थप गर्दै बैंकहरुले ऋण प्रवाह गर्ने छन भने आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने छ ।

बैंकहरुले आधार दर कम गराउने हुँदा ब्याजदर पनि स्वतः तल झर्ने छ । अब व्यक्तिगत मुद्दति, संस्थागत मुद्दति र बचतको ब्याज दर घट्ने नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर धेरैमा ८ दशमलव ७ पाँच प्रतिशतमा झार्ने जनाइएको छ । त्यसैगरी, संस्थागतको ८ दशमलव ५ प्रतिशत हुने छ । त्यस्तै बचतको ब्याज ५ दशमलव ५ प्रतिशतमा झार्ने सहमति भएको संघले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL