Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेदविद्याश्रमलाई आर्थिक सहयोग

जनता बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेदविद्याश्रमलाई आर्थिक सहयोग



काठमाडौं । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ चार लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्षसागर प्रताप राणालाई हस्तान्तरण गरे । नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

यसै गरी बैंकले सुदुरपश्चिम प्रदेशको अछाममा रहेको श्री वैद्यनाथक्षेत्र विकास संस्थालाई अक्षयकोष प्रयोजनार्थ दुई लाख ५१ हजार सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले वैद्यनाथक्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरे ।

उक्त संस्थाले अछाम जिल्लाको वैद्यनाथ क्षेत्रमा बि।सं। २०५५ साल देखि श्री वैद्यनाथ वेदविद्याश्रम संचालन गरिरहेको छ । उक्त सहयोग रकम विद्याश्रममा अध्ययनरत वटुकहरुको सहयोगको लागि खोलिएको अक्षय कोषमा जम्मा गरिनेछ ।

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यहि २०७६ मंशिर २० गते देखि एकिकृत कारोवार गर्न गइरहेका छन् । दुवै बैंक गाभिए पछि ग्लोबल आइएमई बैंक लिमिटेड २४ अर्ब भन्दा बढी प्राथमिक पुँजी, २ खर्ब ४ अर्ब बचत, १ खर्ब ९४ अर्ब कर्जा लगानी तथा ८५० भन्दा बढी सेवा केन्द्र भएको देशकै ठूलो बाणिज्य बैंकको रुपमा स्थापित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL