Logo

भुकम्प पीडितलाई बैंकको सहयोग ७ करोड नाघ्यो, ठूला बैंकले अझै सहयोग घोषणा गरेनन्

भुकम्प पीडितलाई बैंकको सहयोग ७ करोड नाघ्यो, ठूला बैंकले अझै सहयोग घोषणा गरेनन्


बिजखबर संवाददाता
27
Shares

बिजखबर संवाददाता
१९ वैशाख, काठमाडौं । अधिकांश निजी क्षेत्रका छाता संठनले भुकम्प पीडितको उद्दार तथा राहत वितरणको लागि सहयोग घोषणा गरेपनि नेपाल बैंकर्स एसोसिएसनले भने हालसम्म मुख खालेको छैन । संघले हालसम्म कुनै पनि सहयोगको घोषणा गरेको छैन ।
त्यस्तै, धेरै नाफा कमाउने बैंक तथा वित्तिय संस्थाले पनि अझैसम्म राहत सहयोगको घोषणा गरेका छैनन् । नबिल बैंक, नेपाल स्टयाण्डर्ड चाटर्ड बैंक, हिमालय बैंक, एभरेष्ट बैंक, एनआईसी एसियालगायतले सहयोगको घोषाणा गरेका छैनन् ।
हालसम्म विभिन्न बैंकहरुले प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा करीब ७ करोड रुपैयाँ सहयोग दिएका छन् ।
गत शनविार आएको महा भुकम्पका पीडितलाई सहयोग गर्न तथा राहत वितरणका लागि ग्लोबल आईएमई बैंक तथा समूहले २ करोड रुपैयाँ दिएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँ दिएको छ । बैंकले क्षति ग्रस्त जिल्लामा खाद्यन्न समेत वितरण गर्ने बताएको छ । त्यस्तै, प्रभु बैंक तथा समूहले १ करोड, इन्भेष्टमेन्ट बैंकले १ करोड, लुम्बिनी बैंकले १ करोड, नेपाल एसबीआई बैंकले ५० लाख र कृषि विकास बैंकले ५० लाख रुपैयाँ दिएका छन् ।
अन्य बैंकहरुले समेत राहत तथा उद्दारका लागि सहयोग घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL