Logo

एनएमबि बैंकले मुद्धती निक्षेपमा ९.५२% ब्याज दिने, भिडिओ कलमार्फत नयाँ खाता खोल्न सकिने

एनएमबि बैंकले मुद्धती निक्षेपमा ९.५२% ब्याज दिने, भिडिओ कलमार्फत नयाँ खाता खोल्न सकिने



काठमाडौं । एनएमबी बैंकले आफ्ना मुद्धती निक्षेपकर्ताहरुलाई ९.५२ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको भन्दै सबै वर्गलाई समेट्ने गरी उक्त दरमा ब्याज प्रदान गर्ने बताएको हो ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईस, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भिकेवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नय“ा खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL