Logo

२३ करोड मुल्यका ५० रुपैयाँका नोट छाप्दै राष्ट्र बैंक, अन्तरराष्ट्रिय स्तरको बोलपत्र आह्वान

२३ करोड मुल्यका ५० रुपैयाँका नोट छाप्दै राष्ट्र बैंक, अन्तरराष्ट्रिय स्तरको बोलपत्र आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नोट छाप्ने भएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै २३ करोड मूल्यका उक्त दरको नोट छाप्ने भएको हो ।

नोट छपाईका लागि बैंकले अन्तरराष्ट्रिय प्रतिस्पर्धाको बोलपत्र प्रक्रिया सुरु गरेको छ । छपाईका लागि ईच्छुक कम्पनीले फेब्रुअरी १८ तारिखसम्म राष्ट्र बैंकका बोलपत्र आवेदन दिन सक्नेछन् ।

नेपालमै नोट छपाईका लागि स्तरिय पे्रम मेसिन नभएकोले विदेशमा छपाई हुँदै आएको छ । अहिले कतिपय नेपाली नोट चीनमा छपाई हुने गर्छ । सरकारले २२ अर्ब लगानीमा चार बर्र्षभित्र सञ्चालनमा ल्याउने गरी हेटौंमा राष्ट्रिय मुद्रण पे्रस स्थापनाको तयारी गरेको छ । उक्त पे्रस सञ्चालनमा आएपछि नोट नेपालमै छाप्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL