Logo

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा, शाखा संख्या १२२ पुग्यो

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा, शाखा संख्या १२२ पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति मंगलबार काठमाडौंको बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा ल्याएको छ ।

देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवा प्रदान गदै आएको छ ।

बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा आए पछि बैंकको कुल शाखा १२२ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL