Logo

सिटिजन्स बैंकको नयाँ शाखा दमकमा, शाखा संख्या ५६ पुग्यो

सिटिजन्स बैंकको नयाँ शाखा दमकमा, शाखा संख्या ५६ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले झापाको दमकमा शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या ५६ पुगेको छ ।

बैंकले खरीद गरेको नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेडको विराटनगर शाखालाई दमकमा स्थानान्तरण गरिएको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा शाखा स्थानान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल ५६ वटा शाखा, ४६ वटा एटिएम काउन्टर र ७१ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ५१ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
बैंकले रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवालगायत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL