Logo

सेन्चुरी बैंकले गर्यो मन्दिर परिसर सफाई, सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता

सेन्चुरी बैंकले गर्यो मन्दिर परिसर सफाई, सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता


बिजखबर संवाददाता
0
Shares

सेञ्चुरी कमर्सियल बैंकले दिपावलीको अवसरमा मैतिदेवी मन्दिर परिसर सरसफाई गरेको छ । बैंकका कर्मचारीहरुले सो मन्दिरको सफाइ गरेको हो ।

साथै, यस बैंकले आगामी दिनमा पनि सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता गरेको छ । आव २०७१\७२ को आषाढ मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२४ दशमलव ९५ अर्व आर्जन गरेको छ ।

कर्जा रकम रु. २० दशमलव ३५ अर्व परिचालन गरी रु. ३२ दशमलव ७४६ करोड सञ्चालन मुनाफा र २५ दशमलव ७९१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २६ वटा ए.टी.एम्, १० वटा शाखारहित बैंकिङ्ग र एउटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL