Logo

आइएमई पे, एनसिएचएल र राष्ट्रिय बाणिज्य बैंकबीच त्रिपक्षीय सम्झौता, अब कर तथा राजस्व आइएमई पेमार्फत संकलन गरिने

आइएमई पे, एनसिएचएल र राष्ट्रिय बाणिज्य बैंकबीच त्रिपक्षीय सम्झौता, अब कर तथा राजस्व आइएमई पेमार्फत संकलन गरिने



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक, आइएमई पे र एनसिएचएलबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त त्रिपक्षीय सम्झौता गरिएको हो ।

नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपी मार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले गरे ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आइएमई पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजश्व भुक्तानी लगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL