Logo

प्रभुको विशेष साधारण सभा सम्पन्न, ग्राण्डसँग मर्जरको प्रस्ताव पारित

प्रभुको विशेष साधारण सभा सम्पन्न, ग्राण्डसँग मर्जरको प्रस्ताव पारित


बिजखबर संवाददाता
27
Shares

प्रभु बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न सभाले प्रभु बैंक र ग्राण्ड बैंक नेपाल लिमिटेडको मर्जर सम्वन्धमा भएको सम्झौता अनुमोदन गरेको छ ।

साथै दुबै संस्थाको सम्पत्ति तथा दायित्वको मुल्याङ्कनको आधारमा, प्रभु बैंक लिमिटेडको प्रति कित्ता शेयर रु. १ सय २१ रुपैयाँ ४५ पैसा र ग्राण्ड बैंकको ६५दशमलव ५८ कायम गरि शेयर आदान प्रदान अनुपात कायम गरि एक आपसमा गाभ्ने\गाभिने प्रस्ताव स्वीकृति गर्ने तथा प्रबन्धपत्रलगायत पारित गरेको छ ।

मर्जर पश्चात संस्थाको नाम प्रभु बैंक लिमिटेड ̓रहनेछ । संस्थाको रजिष्टर्ड कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहने तथा सञ्चालक समितिमा प्रभु बैंकका संचालक समितिले नै निरन्तरता पाउने निणर्य गरिएको छ ।

त्यसैगरी व्यवस्थापनतर्फ प्रमुख कार्यकारी अधिकृत प्रभु बैंकका अशोक शेरचन कायम रहने ,नायब प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंककै तारा मानन्धर तथा ग्राण्ड बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझी नायव महाप्रबन्धक पदमा पदस्थापन रहने बताइएको छ ।

बैंकको शाखा र काउण्टर संख्या १ सय ३६,एटिएम. संख्या १ सय २३ र कर्मचारीहरुको संख्या करीव १ हजार ३सय ५० पुग्नेछ । शाखा सन्जाल, ए.टि.एम. संख्याका आधारमा यस बैंक निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक हुनेछ र बैंकको जारी तथा चुक्ता पुँजी रु.५ अर्व ८८ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL