Logo

रिलायबलको विदेशी मुद्रा सटही सेवा, विदेश जाने तथा फर्कनेलाई सुविधा

रिलायबलको विदेशी मुद्रा सटही सेवा, विदेश जाने तथा फर्कनेलाई सुविधा


बिजखबर संवाददाता
0
Shares

रिलायबल डेभलपमेन्ट बैंकले बैंकले विदेशी मुद्रा सटही र बिदेशी मुद्रा खाता संचालनमा ल्याएको छ । बैंकले प्रदान गरेका विदेशी मुद्रा सम्बन्धि विविध सेवाहरु विभिन्न कार्यको सिलसिलामा विदेश जाने र विदेशबाट फर्कने व्यक्ति तथा व्यवसायीहरुका लागि उपयोगी हुने बैंकले जनाएको छ ।

बैंकका १६ वटा शाखाहरु रहेका छन् । जसमध्ये ज्ञानेश्वर, सुन्धारा, गंगबु र ठमेलबाट मात्र बिदेशी मुद्रा कारोबार गर्न सकिने छ । बैंकले विभिन्न बिदेशी मुद्राहरु प्रतिस्पर्धी दर र सहज रुपमा खरिदबिक्रि गर्ने तथा विदेशी मुद्रा खाता खोल्ने सेवा प्रदान गर्ने छ ।

यसका साथै बैंकले एटीएम, मोबाइल बैंकिंङ, इ–बैंकिंग, चेक क्लियरिंग, लकर, रिलायबल क्यास म्यानेजमेन्ट, रेमिटेन्स जस्ता सेवाहरु समेत प्रदान गर्दै आएको छ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL