Logo

नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले साढे १८ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले साढे १८ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले आफ्ना लगानीकर्ताहरुलाई १८ दशमलव ५ प्रतिशत लाभांस पारित गरेको छ । बैंकको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित १३ प्रतिशत बोनस सेयर तथा ५ दशमलव ५ प्रतिशत नगद लाभांस पारित गरिएको हो । बिहीबार सम्पन्न ३४ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावहरु पारित गरेको हो ।
साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

यसका साथै, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंककले पुस २२ गते देखि सभाको मिति सम्म शेयर दाखिला खारेज बन्द गरेको थियो । तसर्थ पुस २१ गते मंगलबार सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

गत आर्थिक बर्षमा बैंकले ३ दशमलव ५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २ दशमलव ४२ अर्ब रुपैयाँ थियो। बैंकको कुल चुक्ता पूँजी १४ दशमलव २४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १ सय ५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्बबाट वृद्धि भइ १४१ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL