Logo

पुस मसान्तको नाफा बढी देखाउन बैंकहरुको सेयर बिक्रीमा होडबाजी, कर्जा प्रबाह नहुँदा पनि सेयरको कमाईबाट मालामाल

पुस मसान्तको नाफा बढी देखाउन बैंकहरुको सेयर बिक्रीमा होडबाजी, कर्जा प्रबाह नहुँदा पनि सेयरको कमाईबाट मालामाल



काठमाडौं । कोरोना भाइरसका कारण वाणिज्य बैंकहरुले व्यवसाय विस्तार नभएपनि सेयर खरिदबिक्रीको आम्दानीबाट नाफा आर्जन गर्ने देखिएको छ । कोरोनाका कारण कर्जा लगानीबाट व्याज नउठ्दापनि कागजी रुपमै भएपनि असोज मसान्तको नाफा देखाएका बैंकहरुले पुस मसान्तका लागि भने आफुसँग भएका विभिन्न कम्पनीको सेयर बिक्री गरेर नाफा बुक गर्ने भएका छन् ।

laxmi

जसका लागि पछिल्लो समय वाणिज्य बैंकहरुले आफुसँग भएका विभिन्न कम्पनीका सेयर बिक्रीका सूचना प्रकाशित गर्ने क्रम बढेको छ । पुस मसान्तको नाफा बढी देखाउनका लागि मंसिरदेखि नै सेयर बिक्रीका लागि सूचना जारी गरेका बैंकहरुले पुस सकिदा पनि आफुसँग भएका विभिन्न कम्पनीका सेयर बिक्रीका लागि दौडधुप गरिरहेका छन् । साथै कतिपय बैंकले पटक पटक सूचना प्रकाशित गर्दा पनि अक्सनमार्फत आफुसँग भएका सेयर बिक्री गर्न सकेका छैनन् ।

धेरैजसो बाणिज्य बैंकले आफुसँग भएका विभिन्न कम्पनीका संस्थापक सेयर बिक्रीका लागि पत्रपत्रिकामा सूचना नै प्रकाशित गरेका छन् । साथै कतिपय बैंकले कोरोनाको समयमा कानूनी छिद्र छल्दै सेयरको दोस्रो बजारमा लगानी गरेर बढ्दो बजारमा आम्दानी गर्न सफल भएका छन् । राष्ट्र बैंकको नियम अनुसार पुस मसान्त सकिएपनि माघ १५ सम्म भएको व्याज आम्दानी लगायतका अन्य आम्दानीलाई त्रैमासिक विवरण प्रकाशित गर्दा सो अबधिको नाफामा समावेश गर्न पाईने भएकाले बैंकहरुले अहिले पनि आफुसँग भएको सेयर जसरी पनि बिक्री गर्नका लागि ताकेका गरिरहेको समेत सम्बद्ध स्रोतको भनाई छ ।

कोरोनाका कारण कर्जा विस्तार नुहँदा बैंकहरुले आफुसँग भएको पैसा सेयर बजारको दोस्रो बजारमा लगानी गरेर उच्च आम्दानी गर्न सफल भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । कानुनतः बैंकहरुले बैंककै सेयरमा लगानी गर्न पाउँदैनन् । तर उनीहरुले बीमा, नेपाल टेलिमकलगायतका रियल सेक्टरका कम्पनी उच्च लगानी गरेका थिए । बैंक तथा वित्तीय संस्थाले व्यवसाय विस्तारका लागि बढीभन्दा बढी कर्जा प्रबाह गर्नुपर्ने भएपनि कोरोनाको समय कानूनी छिद्र छल्दै ठूलो मात्रामा पूँजी बजारमा लगानी गरेर आम्दानी गरेका छन् । जसकारण बैंकहरुले पुस मसान्तमा पनि राम्रो आम्दानी गर्ने देखिएको छ ।

‘पछिल्लो समय कतिपय बैंकले आफुलाई अब्बल दर्जामा राख्नका लागि जसरी पनि आफुसँग भएका सेयर बिक्री गर्न लागेका छन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘पछिल्लो समय बैंकहरुको कमाई भनेकै सेयर कारोबारबाट हुने नाफा हो ।’

केही समय अघि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले कानून विपरित सेयर बजारमा लगानी गरेको भन्दै सो विषयमा छानविन सुरु गरेको थियो । जसमा बैंकहरुले आफ्नो अधिकारभन्दा बाहिर गएर सेयर बजारमा लगानी गरेका थिए भने सोही अनुरुप मार्जिन प्रकृतिका कर्जा समेत प्रबाह गरेको सम्बद्ध स्रोतको भनाई छ ।

साथै बैंकहरुले बढ्दो बजारमा दोस्रो बजारमा लगानी गरेर राम्रो आम्दानी गरेका कारण कोरोनाका कारण उद्योग व्यवसायमा असर परेपनि बैंकको नाफामा भने असर नपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL