Logo

बैंक अफ काठमाण्डू र ल्याभी रेष्टुराँबीच सम्झौता, बैंकका ग्राहकलाई रेष्टुराँमा छुट

बैंक अफ काठमाण्डू र ल्याभी रेष्टुराँबीच सम्झौता, बैंकका ग्राहकलाई रेष्टुराँमा छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याभी रेष्टुराँबीच सहकार्य सम्झौता सम्पन्न भएको छ । यो सम्झौतासँगै बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा रेष्टुराँमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध हुने छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले ल्याभी रेष्टुराँको सेवाहरु उपभोगवापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत बैंकले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र ल्याभी रेष्टुराँका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL