Logo

साढे ३१ प्रतिशतले घट्यो वैदेशिक लगानी, आयात घट्दा विदेशी मुद्रा संचिती बढेर १४ खर्ब ७४ अर्ब पुग्यो

साढे ३१ प्रतिशतले घट्यो वैदेशिक लगानी, आयात घट्दा विदेशी मुद्रा संचिती बढेर १४ खर्ब ७४ अर्ब पुग्यो



काठमाडौं । नेपालमा भित्रने खुद प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएको छ । कोरोनाका कारण विश्वव्यापी अर्थतन्त्रमा असर पर्दा नेपाल भित्रने खुद वैदेशिक लगानीमा समेत ३१ दशमलव ५ प्रतिशतले गिरावट आएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्ष २०७७÷७८ को पहिलो ५ महिनामा ४ अर्ब ५० करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको छ । जबकि गत आबको सोही अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ भित्रिएको थियो ।

तर सो अबधिमा विदेशी मुद्रा संचिती भने बढेको छ । कोरोनाका कारण नेपालले गर्ने आयातमा गिरावट आएसँगै विदेशी मुद्रा संचिती बढ्दै गएको तथ्याङ्कले देखाएको छ । २०७७ असार मसान्तमा कुल विदेशी मुद्रा संचिती १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा मंसिरसम्म आईपुग्दा ५ दशमलव २ प्रतिशतले वृद्धि भई १४ खर्ब ७४ अर्ब ३४ करोड रुपैयँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १२ खर्ब ९८ अर्ब ७२ करोड रुपैयाँ छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL