Logo

धितोपत्रका अध्यक्ष र मर्चेन्ट बैंकरका पदाधीकारीबीच भेट, कार्यक्षेत्र विस्तार गर्न सुझाव

धितोपत्रका अध्यक्ष र मर्चेन्ट बैंकरका पदाधीकारीबीच भेट, कार्यक्षेत्र विस्तार गर्न सुझाव


बिजखबर संवाददाता
0
Shares

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग नेपाल इनभेष्टर फोरम तथा नेपाल मर्चेन्ट बैंकर संघका पदाधीकारीहरुको भेट गरेका छन् । बोर्डको कार्यालयमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष राजकुमार तिमिल्सीनालगायत पदाधिकारीहरु तथा नेपाल मर्चेन्ट बैंकर संघका अध्यक्ष प्रबीणराम पराजुलीलगायत पदाधिकारीहरुको सहभागीता थियो ।

उक्त अवसरमा फोरमका अध्यक्षले पूँजी बजारमा देखिएका विविध समस्या तथा सुधारका कार्यक्रमहरु प्रस्तुत गरे ।

सो अवसरमा लगानीकर्ताहरुको हितका लागि हाल मर्जरमा जाँदा लामो समय सम्म सूचीकृत संगठित संस्थाहरुको कारोबार बन्द हुने अवस्था रहेकोमा सो अवधीलाई छोट्याउनुपर्ने तथा लगानीकर्ताहरुलाई मार्केट डेफ्थ हेर्न पाउने व्यवस्था गर्नुपर्नेबारे छलफल गरिएको थियो ।

भेटघाटमा समुहले डिम्याट भैनसकेका बाँकी सूचीकृत संगठित संस्थाहरुलाई डिम्याट गराउनका लागि निर्देशन दिनुपर्ने, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण व्यवस्था गरिनुपर्ने, लगानीकर्ताहरुलाई परिचय पत्र दिने व्यवस्था हुनुपर्ने, धितोपत्र राफसाफका लागि हाल एउटा मात्रै बैंक रहेकोमा थप बैंकहरुको व्यवस्था गरी राफसाफ तथा फरछौट कार्यलाई छिटो छरितो गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।

यसैगरी नेपाल मर्चेन्ट बैंकर संघका पदाधिकारीहरुले पूँजी बजार विकासका लागि गर्नुपर्ने सुधारात्मक कार्यक्रमहरु बारे नवनियुक्त अध्यक्षलाई जानकारी गराएका थिए ।
उनीहरुले प्राथमिक निष्काशनमा कम्प्यूटर प्रणाली मार्फत आवेदन दिने व्यवस्था,सार्वजनिक निष्काशनमा अंकित मूल्यमा निष्काशन गर्ने व्यवस्थालाई पुनरावलोकन गरी स्वतन्त्र मूल्य निर्धारण विधि अपनाउनुपर्नेमा जोड दिए । साथै तथा मर्चेन्ट बैंकरहरुको कार्यक्षेत्रलाई विस्तार गरी संस्थागत परामर्श दातालगायतको व्यवस्था गर्नुपर्ने बताइएको छ ।

अध्यक्षले पूँजीबजार विकासका लागि आफू कटिबद्ध रहेको र प्रस्तुत अमूल्य सुझावहरुको कार्यान्वयनको लागि सम्बद्ध पक्षहरुसँग छलफल गरी यस सम्बन्धी कार्य अगाडि बढाउँदै जाने विश्वास दिलाए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL