Logo

नेपाल बङ्गलादेश बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

नेपाल बङ्गलादेश बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित



काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आ.ब. २०७६/०७७ को मूनाफा रकमबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चूक्तापूँजीको २.४२ प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै ६ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो ।

यस्तै उक्त साधारणसभाले आ.ब. २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकका सहायककम्पनीहरू नेपालबंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आ.व. २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो । बैंकले आ.ब. २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिश गरिए बमोजिम लेखापरीक्षक सुधिर कुमार शर्मालाई पुनःनियुक्ति गरेको छ ।

साथै बैंकको साधारण सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अरब पु¥याउने र जारी तथा चुक्तापुँजीमा बोनस शेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।

बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारण सभामा बैंकको चुक्तापुँजीको झण्डै ५५% भन्दा बढी शेयरधनीको प्रतिनिधित्वहुने गरी २५ जनामात्रशेयरधनीको भौतिक उपस्थिति रहेको थियो भने ९० जनाभन्दा बढी शेयरधनीहरू जूममार्पmत् जोडिनुका साथै बैंकको अफिसियल फेसबुक पेजबाट पनि शेयरधनीहरू सो कार्यक्रममा जोडिएका थिए । शेयरधनीले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा अध्यक्षको अनुमतिले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL