Logo

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा, क्यूआर कोड स्क्यान गरी ग्राहकले सहजै रकम झिक्न र निकाल्न सक्ने

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा, क्यूआर कोड स्क्यान गरी ग्राहकले सहजै रकम झिक्न र निकाल्न सक्ने



काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा “स्मार्ट टेलर” सञ्चालनमा ल्याएको छ ।

laxmi

यस सुविधा सञ्चालनपश्चात् ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न र निकाल्न सक्नेछन् । जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ । यो सेवाले बैंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुनेछ ।

ग्राहकले आफ्नो मोबाईल बैंकिङ्ग एप (सिद्घार्थ बैंकस्मार्ट) बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन् ।

बैंकले, कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL