Logo

सिटिजन्स बैंक र होटल अकामाबीच समझदारी, बैंकका ग्राहकलाई होटलमा विशेष छुट

सिटिजन्स बैंक र होटल अकामाबीच समझदारी, बैंकका ग्राहकलाई होटलमा विशेष छुट



काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा प्रा. लि. बिच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

laxmi

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै सञ्चालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंककाे विश्वास छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्रवक्ता उमंग शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL